Site icon Tukinetwork.com

संविधान दिवसका दिन राष्ट्रपतिद्वारा २६० जनाको सजाय कट्टा, २२ जनालाई आममाफी

काठमाडौँ, ३ असोज । सरकारले यस वर्षको राष्ट्रिय संविधान दिवसको अवसरमा २६० जना कैदीको बाँकी सजाय मिनाहा गरेको छ ।भने २२ जनालाई आममाफी दिएको छ । ०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका २६० जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय कट्टा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले रामकिशोर साह तेलीलगायत २२ जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय आम माफी गरेकी छन् । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम यस्तो आममाफी दिइएको हो ।

Exit mobile version