कपिलवस्तु– वैदेशिक रोजगारले कपिल वस्तुकाे एक परिवारलाई विचल्लीमा पारेको छ । छोराको रुसमा हत्या भएको छ भने बुवा साउदीमा राेजगारदाता कम्पनीबाट बन्धक बनाइएका छन् । उनी छोराको अनुहार अन्तिम पटक हेर्न घर आउन चाहन्छन्। तर, मालिकले अनुमति नदिए पछि छोराको मृत्युको खबर सुनेर फोनमै धरधरी रोएका छन्।
उनले जसरी पनि नेपाल फर्काइदिन विलौना गरेका छन्। कपिलवस्तु नगरपालिका ३ निवासी धुब्रकुमार अहिरका २६ बर्षीय छोरा राजकुमार यादवको राजधानी मस्को सहरमा रहेको दोमाद्दे दोभाका मेट्रो ट्रेनमा गत मंगलबार बिहान करिव साढे दुई बजे तीन जनाको संख्यामा रहेको लुटेराको समूहले हत्या गरेको हो। मृतकको शव स्थानीय अस्पतालमा राखिएको छ।
घटनाका बिषयमा रुसमा रहेका नेपाली राजदूतावासमा जानकारी गराइएको छ। मृतककका श्रीमती र एक सात महिने छोरा तथा ३ दाजुभाई, एक दिदी, आमा र बुवा छन् । मृतककी आमा जितनी अहिरले आफ्नो छोराको शव चाडै ल्याउन पहल गरी दिन माग गरेकी छिन्। कपिलस्तु नगरपालिका ३ का वडाध्यक्ष प्रकाश गैरले मृ*तकका लागि चाहिने आवश्यक सिफासिहरु पठाइसकेको बताए।
राजकुमारको रुसमा हत्या भएसँगै अर्काे तथ्य पनि बाहिर आएको छ। उनका बुवा ध्रुवकुमार यादव ५ वर्षदेखि साउदी अरेबियामा अलपत्र छन्। वैदेशिक रोजगारीमा गएका उनलाई मालिकले बन्धक बनाएर राखेको छ।धुव्रले फोनमार्फत आफ्नो छोराको मृत्यु को खबर पाएका छन्। नागरिक न्युजमा खबर छ ।
प्रतिक्रिया दिनुहोस्
