Site icon Tukinetwork.com

टेकु अस्पतालका दुई वरिष्ठ चिकित्सक सहित ११ कर्मचारीमा डेंगु संक्रमण

काठमाडौँ । काठमाडौको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका दुई वरिष्ठ चिकित्सक सहित ११ जना कर्मचारी लाई डेंगु संक्रमण भएको छ । अस्पताल का निर्देशक डा. वासुदेव पाण्डेका अनुसार उनीहरूको हाल सोही अस्पतालमा उपचार भइरहेको छ । राजधानीमा फैलदो डेंगु संक्रमणलाई विचार गरी मङ्गलबारबाट अस्पताल परिसरमा डेङ्गु हेल्थ डेस्क स्थापना गरिएको छ ।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेका अनुसार अस्पतालमा डेङ्गुका बिरामी अत्यधिक आएपछि छुट्टै डेङ्गु डेस्क स्थापना गरिएको हो । डेङ्गुको अवस्था भयावह बन्दै गएपछि अस्पताले बिरामीको सहजताका लागि आकस्मिक कक्ष छेवैमा हेल्थ डेस्क राखेको हो निर्देशक पाण्डेले भन्नुभयो,“ज्वरो आएका बिरामीले उक्त डेस्कमा सम्पर्क राखी सहज रुपमा सेवा लिन सक्नेछन् ।”

पाण्डेले अस्पतालले ‘फिवर क्लिनिक’ समेत सञ्चालनमा ल्याएको बताउनु भयो । ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु क्लिनिक स्थापना गरिएको हो । डा. पाण्डेले मङ्गल बार मात्र अस्पतालमा ५२१ डेङ्गुका बिरामीको डेङ्गु परीक्षण गरिएको छ । तीमध्ये ८० देखि एकसय जनामा डेङ्गु हुनसक्ने भन्दै उहाँले रिपोर्ट भने बुधबारमात्र आउने बताउनुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गइ डेङ्गुको उपचार गराएका बिरामीसँंग शुल्क नलिन अस्पताल प्रशासनलाई निर्देशन दिनुभएको छ । अस्पताल निरीक्षण गर्न जानु भएका राज्यमन्त्री यादवले डेङ्गुका बिरामीलाई अन्य कुनै अस्पतालमा ‘रिफर’ नगर्ने गरी उपचार गर्न निर्देशन दिनु भयो । गोरखापत्रवाट साभार

प्रतिक्रिया दिनुहोस्

Exit mobile version