एजेन्सी । भारतीय चर्चित सुन्दरी नायिका सुष्मिता सेनपछिल्लो समय आफ्ना कारण भन्दा पनि पारिवारिक चहल पहल र लफडाका कारण मिडियामा छाइरहेकी छिन् । उनकी छोरी अहिले २० वर्षकी भएकी छिन् । हालै उनलृ सामाजिक संजाल फेसबुक मार्फत एक भाबुक पोस्टमार्फत छोरीलाई जन्म दिनको शुभकामना दिएकीछिन् ।
आफ्नो छोरी रेनी र आफुको तस्विर शेयर गदै लेखेकी छिन् –मलाइ आमा भन्ने पहिलो मेरी बच्ची। उनी निकै लामो समय र मेहनतपछि मेरो मनबाट पैदा भएकी हुन्। जन्म दिनको धेरै धेरै शुभ कामना छोरी तिमिलाई तिमि मेरो सामु र म संग सगै साथमा भएको पनि २० वर्ष भयो तर मलाई २० दिन जस्तो लाग्दै छ ।
सुष्मिताले छोरी रेनीलाई धर्मपुत्री बनाएकी थिइन् आफुले बच्चा नजन्माए पनि उनलाई धर्मपुत्री बनाएर २००० मा घरमा भित्राएकी थिइन् । आफ्नै छोरी जस्तो गरी हरेक इच्छा पुरा गदै आएक िछिन् । र उनले अलीसालाई दोस्रो धर्मपुत्रीका रुपमा अपनाएकी थिइन्। उनलाइ पनि मायाका साथ छोरीको दर्जा दिएकी छिन् ।
