Site icon Tukinetwork.com

विप्लवकाे नाममा चन्दा आतंक मच्चाउँने एक जना इटहरीबाट पक्राउ

टहरी / इटहरीमा लामो समय देखि चन्दाआतंक मच्चाउँदै आएका एक जनालाइ प्रहरीले पक्राउ गरेका छ । इटहरी ११ का मोहन कार्कीलाई प्रहरीले पक्राउ गरेको हाे । चन्दा मागेर हैरान गरेकाे भन्दै ब्यापारीहरुले गुनासो गरे पछि इलाका प्रहरी कार्यलय इटहरीले कार्कीलाई आइतबार पक्राउ गरेको हो ।

इटहरी २० को वडा कार्यलय लगायतका विभिन्न ठाउँमा चन्दाको पर्चा छर्दै आएका कार्कीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
उनलाइ इटहरी ९ स्थीत गैसारमा चिया खादै गरेको अवस्थामा पक्राउ गरिएकाे हो ।

नेत्र विक्रम चन्द विप्लव समुहमा लागेर चन्दाआतंक गदै आएका मोहनले विप्लव बन्दको बेला विभिन्न ठाउँमा बम राखेको आरोप समेत लागेको छ । नेपालीहरुको महान पर्व तीज नजिकिदै गर्दा अहिले बजारमा चन्दा आतंक मच्चाउँनेहरुको खोजी गर्न थालिएको प्रहरीले जनाएको छ ।

Exit mobile version