काठमाडौं : जनकपुर- सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल बनेको छ । मुस्कान सहितको सेवा दिने प्रहरीले एउटा व्यापारीमाथि गरेको हातपातको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो । जनकपुरको फुटपाथमा नरि वल बेचेर गुजारा गर्ने एक किशोरलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गर्ने युवालाई प्रहरीले हातपात गरेका छन् ।
बिहीबार दिउँसो जानकी चोकस्थित नरिवल व्यापारीलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । जानकी मन्दिरका पर्यटक प्रहरी जवान प्रेम शंकर यादवले नरिवल बेचेर जीवन निर्वाह गर्दै आएका रोशन चौधरीलाई कुटपिट गरेका थिए । चौधरीले आफूसँग प्रहरीले सुरुमा मसँग पैसा मागेको र पैसा नदिएपछि गालामा हिर्काएको बताएका छन् ।
भिडियो सार्वजनिक भएको थाहा पाएपछि ती पर्यटक प्रहरीले भिडियो सार्वजनिक गर्ने सुशील कर्णमाथि पनि हातपात गरेका छन् । घटना विषयमा छानविन जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन। भिडीयो यहाँ लिंकमा छ ।
