साताको पाँचौ दिन बिहीबार सुनचाँदीकोको मूल्य बढेको छ।
आइतबार र सोमबार उकालो लागेको सुनको मूल्य मंगलबार घटेको थियो भने बुधबार स्थिर थियो। बिहीबार आइपुग्दा सुनको मूल्य ह्वात्तै बढेको छ।
आज छापावाल सुन प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७२ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ७२ हजार ३ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
