कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनाको पक्राउको विरोधमा भएको प्रदर्शनका क्रममा प*क्राउ परेका ४८ प्रदर्शनकारीलाई आज छाडिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइ रालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो।
धरौटीमा रिहा हुनु भएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आज यहाँ पत्रकार सम्मेलन गरी अदालतको आदेश शिरोधार्य गर्दै अगाडि बढ्ने बताए। धरौटीमा रिहा भएकै भोलिपल्ट रविले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै आफ्नो बारेमा विभिन्न मिडि यामा आएका टिका टिप्पणी बारे आफ्नो धारणा स्पष्ट पारेका थिए । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले भने, मलाई थप जिम्मेवार बनाएको छ ।
म भविष्यमा पनि नागरिकका आवाजहरुलाई आफ्नो कार्यक्रममा सशक्त ढंगले उठाउने छु । ’ उनले आफ्नो बारेमा उठेका विभिन्न नकारात्मक टिकाटिप्पणी गलत भएको बताएका छन् । उनले भने, ‘बाटोमा चप्पल लगाएर हिड्ने, दुःख पाएर हिड्ने मानिसहरुको आवाज बोलिदिएकोले नै मैले नागरिकको माया पाएको छु । मेरो राजनीतिक र आर्थिक लाभ लिने अन्य कुनै स्वार्थ छैन ।’
