Site icon Tukinetwork.com

शालिकरामले आत्मह*त्या गर्नुपूर्वको भिडियो अरुकै सहयोगमा रेकर्ड भएको अदालतको ठहर

काठमाडौं-पत्रकार शालिकराम पुडासैनीले अरुकै सहयोगमा आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेको जिल्ला अदालत चितवनले ठहर गरेको छ।सोही भिडियो भेटिएपछि उनको आत्मह त्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की अनुसन्धानमा तानिएका थिए। सोमबार पत्रकार पुडासैनीलाई आत्मह*त्या गर्न दुरुत्साहन गरेको भन्दै लामिछाने, कँडेल र कार्कीविरुद्ध दायर मुद्दामा आदेश दिँदै अदालतले पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको ठहर गरेको हो ।

तथ्य विश्लेषण खण्डमा यस्तो लेखिएको छ : ‘भिडियो रेकर्डको अन्तमा मृ*तक शालिक राम पुडासैनीले आफ्नो दुबै हात जोडेर आफ्ना वृद्ध बुवा,आमा र पत्नीलाई आफूले आत्मह*त्या गर्नुको कारण र दुःखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुबै हात जोडेर प्रणाम दण्डवत गरेको देखिने अवस्थाले सो भिडियो निज आफैले एक्लै (सेल्फी) खिचेको भन्ने देखिएन ।

निजले घटनास्थलको सो कोठामा उपयुक्त उचाईको स्थानमा आफ्नो मोबाइल भिडियो रेकर्ड मोडमा स्थिर राखी भिडियो खिचेको हो भन्ने घटनास्थल मुचुल्का र बरामदी मुचुल्कामा मोबाइल त्यस्तो स्थानमा राखेको अवस्थामा भेटिएको भन्ने व्यहोरा उल्लेख भएको पनि देखिएन । अतः सो भिडियो रेकर्ड हुँदा निज शालिकराम पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोगमा सो भिडियो रेकर्ड गरेको अवस्था देखिन्छ ।’

अदालतको तथ्य विश्लेषण खण्डमा ठहरकै शैलीमा उल्लेख भएको यस बुँदाले दुईवटा शंका बढाएको छ । पहिलो शालिकरामले आत्महत्या गर्नुपूर्व कुनै व्यक्तिको सहयोगमा भिडियो रेकर्ड गराएका थिए । तर उक्त व्यक्तिले शालिकरामलाई रोक्ने प्रयास नै गरेनन्, हारगुहार नै गरेनन् र ती व्यक्ति पनि दोषी हुन् ।

यसको अर्थ फैसला हुनुभन्दा अगाडि ती व्यक्तिलाई पनिखोज भन्ने आशय देखिन्छ। दोस्रो, आदेशमा भनिए अनुसार भिडियो रेकर्ड गर्दा स्याण्डो लगाएर रेकर्ड गरिएको र पछि सर्ट र पाइन्ट लगाएर आत्मह*त्या गरेकाले सायद त्यो भिडियो आत्मह*त्या गरेकै दिनको भिडियो होइन कि भन्ने सवाल उठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Exit mobile version