२०७६ भदौ ९, काठमाडौँ । हिजो (आइत बार) एकैदिन प्रतितोला १२ सय रुपैयाँ बढेर ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज पनि एक हजार रुपैयाँ बढेको छ । पछिल्लो समय निरन्तर उकालो लागेको सुन भाउले दैनिक रुपमा उच्च रेकर्ड कायम गर्दै आएको छ ।
आज छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपालको इतिहाँसमकै सबैभन्दा उच्च हो । त्यस्तैगरी आज तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँ तथा चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ ।
आइतबार ८ सय ५० रुपैयाँमा उच्च रेकर्ड बनाएको चाँदीको भाउ पनि आज तोडिएको छ। आइतबार तेजावी सुन ७२ हजार २ सय तथा चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेका जिल्लामा भने सुन चाँदीको भाउ केही बढी पर्न सक्ने छ । सुनको भाउ आज पनि एक हजार रुपैयाँ बढेको हो ।
