Site icon Tukinetwork.com

वैदेशिक रोजगारीमा रहेका घरेलु कामदारलाई पुनः श्रम स्वीकृतिका लागि बाटो खुला

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका घरेलु कामदार लाई पुनः श्रम स्वीकृतीका लागि बाटो खुलेको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा हित समितिले वैदेशिक रोजगारीका क्रममा घरेलु काममा गएका कामदारलाई नेपाल फर्किएर पुनः सोही स्थानमा जानका लागि श्रम स्वीकृती दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ।

यससँगै पुनः श्रम स्वीकृतीको बाटो खुलेको हो। यस अघि वैदेशिक रोजगारीमा गएका घरेलु कामदारहरु असुरक्षित रहेको भन्दै श्रम समितिले निरीक्षण गरेरै ४ वर्षअघि घरेलु काममा जान रोक लगाएको थियो। सोही निर्णयलाई आधार मान्दै वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा घरेलु कामदार रोक तथा गएकालाई फर्किएपछि पुनः श्रम स्वीकृती दिइरहेको थिएन।

श्रम समितिका सभापति विमल श्रीवास्तवले नयाँ कामदारका लागि श्रम स्वीकृती नखुलाइएको बताए । ‘तत्कालका लागि वैदेशिक रोजगारमा गएका कामदारलाई स्वघोषित रुपमा सुरक्षित छु भन्ने प्रतिबद्धता गरिएको खण्डमा र त्यसमा विदेशस्थित नेपाली नियोग (राज दूतावास)को सिफारिस भएमा पुनः स्वीकृतीको व्यवस्था मिलाउने निर्णय भएको छ’, उनले भने। याे खबर नागरिक दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

Exit mobile version