Site icon Tukinetwork.com

पत्रकार रवि लामिछाने पत्नी निकिता पोडेलले दिइन चितवनका प्रमुख एसपी दानबहादुर मल्ल सहित तीन जना विरुद्ध जाहेरी

काठमाडौं– रवि लामिछाने पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिन पुगेकी छिन् । उनले पति रवि बिरुद्ध विद्युतीय प्रमाण किर्ते गरिएको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन् । रवि पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका छन् ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरी चितवन लगी अनुसन्धान गरिरहेको छ । रविलाई पक्राउ गरेपछि देशभर रवि सर्मथक प्रदर्शनमा उत्रिएका छन् ।Comment

Exit mobile version