Site icon Tukinetwork.com

रवी लामिछानेलाइ प्रहरीले प*क्राउ गरेपछि, सर्वसाधारणले गरे चर्को बिरोध

जनतासँग सिधाकुरा कार्यक्रमका प्रस्तोता पत्रकार रवि लामिछाने प*क्राउ परेका छन्। पत्रकार शालिकराम पुडासैनीको मृ**त्यु प्रकरणमा उनी प*क्राउ परेका हुन्। उनको साथबाट पत्रकार युवराज कँडेलसमेत प*क्राउ परेका हुन् । भिडियोमा पुडासैनीले लामिछानेसहित अर्का पूर्वसहकर्मी र एक युवती आफ्ना ह*त्यारा भएको ग*म्भीर आरोप लगाएका थिए।

न्युज २४ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी यो टिभी छोडेर केही समयदेखि माउन्टेन टेलिभिजनमा काम गरिरहेका थिए। नुवाकोटका स्थायी बासिन्दा पत्रकार पुडासैनी साउन २१ गते मंगलबार चितवनको नारायणगढस्थित पोखरा बसपार्कको एक होटलमा झु* न्डि*एको अवस्थामा फेला परेका थिए।

प्रहरीले मृतकको साथबाट बरामद भएको मोाइलसहितका सामग्रीको डिजिटल फरेन्सिक ल्याब रिपोर्टका आधारमा अनुसन्धानका लागि रविलाई नियन्त्रणमा लिएको हो। चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले रवीलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो । प्रकरणमा समातिएका रवि लामिछानेलाई बिहीबार नै घटनास्थल चितवनतर्फ लगिने भएको छ।

रवी लामिछानेलाइ प*क्राउ गरे लगतै सामाजिक संजालमा चर्को बिरोध भएको छ । रवी लामिछानेका समर्थकले रवी र सिधा कुरा जनतासंगको कार्यक्रमलाइ सिध्याउन ठुलो सड्यन्त्र रहेको भन्दै बिरोध गरेका हुन् । अहिले सामाजिक संजालमा रविको समर्थन गर्दै ‘हामी तिम्रो साथमा छौ’ भन्दै उनका समर्थकहरु सामाजिक संजालमा प्रहरी बिरुद्द आक्रोश पोखेका हुन् ।

Exit mobile version