Site icon Tukinetwork.com

चलचित्र ‘एन्टी हिरो’मा अनमोल हिरो भुवन भिलेन

काठमाडौं । अभिनेता भुवन केसीले र उनका छोरा अनमोल केसीले स्क्रिन साझेदारी गरेको हेर्न चाहने दर्शकको सङ्ख्या ठुलो रहेको छ । उनीहरूले छिट्टै नै एकसाथ देखिने घोषणा पनि केही समय अघि नै गरेका थिए । यति बेला दर्शक को त्यो चाहाना पुरा हुने भएको छ । चलचित्रको निर्माण पक्का हुनुको साथै नाम पनि जुराइएको छ ।

‘एन्टी हिरो’ नाम जुराइएको चलचित्रमा अनमोल हिरोको भूमिकामा देखिनेछन् भने भुवन भने भिलेनको भूमिकामा । तिहार पछि फ्लोरमा जाने चलचित्र दि सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुनेछ । केही समय अघि भुवनले दाह्री बढेको प्रसङ्ग निकै चर्चामा आएको थियो । उनले एक कार्यक्रममा आफूले नयाँ चलचित्रको लागी दाह्री पालेको पनि बताएका थिए ।

उनले यसै चल चित्रको लागी आफूलाई फरक अवतारमा ढालेका हुन् । पहिलो पल्ट चर्चित बाबु छोराको जोडीले स्क्रिन साझेदारी गर्दै छ । फिल्ममा अन्य कलाकार को हुने भन्नेमा अझै फाइनल भएको छैन । फिल्मका निर्माता समेत रहेका भुवन केसीका अनुसार अन्य कलाकारको छिट्टै फाइनल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Exit mobile version