Site icon Tukinetwork.com

काठमाण्डौमा बाइकमा चढेर केटीहरुको घाँटीको सिक्री लु*छ्ने तीनजना चो र प*क्राउ

काठमाडौं । विगत केही समय देखि काठमाडौंका विभिन्न स्थानमा मोटर साइकलमा सवार व्यक्तिहरूले पैदल हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्री तानेर लु*टपाट गर्ने गिरोह प*क्राउ परेको छ । शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले घटनमा संलग्न फ रार रहेका ३ जनालाई काठमाडौं बसुन्धरा तथा ललितपुरबाट प*क्राउ गरेको छ ।

पछिल्ला वर्षहरुमा राजधानीमा सिक्रि लुछ्ने ‘स्न्याचिङ’का घटना पातलै थिए। तर पछिल्ला केही महिनामा यी घटना ह्वात्तै बढेको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटी बताउछन्। ‘हप्तामा दुई तीन वटा घटनाहरु भइ रहन्छन्। एकाएक कसरी यो बढ्यो हामीलाई समेत टाउको दुखाईको विषय थियो। किनभने स्न्याचिङ जुन सुकै चोरले सजिलै आँट गर्न सक्दैन’, डीएसपी बोगटी भन्छन्।

प्रहरीले अनुसन्धान अगाडि बढायो। सिसिटिभी फुटेजबाट अनुसन्धान सुरु भयो। अनि पछि लाग्यो- सिल्भर रङको २ सय सिसीको बाइकमा हिँड्ने दुई जना व्यक्ति पछाडि। प्रहरीको निष्कर्श थियो- पछिल्लो समय आइरहेका उजुरीमा संलग्न यीनै व्यक्ति हुन् किनभने एकै रङको बाइक प्रयोग भएको थियो सबै घटनामा ।

ओखलढुंगाका ३९ वर्षीय टमबहादुर सुनुवार, रामेछापका ३४ वर्षीय टलकबहादुर रायमाझी र प्रकाश सुनुवारबीच कास्की कारागारमा आपसमा चिनजान भएको थियो। टमबहादुर अन्य चोरीको मुद्धामा जेल छिरेका थिए भने टलक र प्रकाश भने स्न्याचिङकै अभियोग थियो। पहुँचका आधारमा प्रकाश करिब एक वर्ष जेल बसेपछि आम माफी पाएर छुटे। टलक भने तीन वर्षभन्दा बढी समय कारागार बसे। यी तीनै जना दुई वर्षअघि जेलबाट छुटिसकेका थिए।

तर चोर्ने लत फेरिएन। प्रकाश र टमबहादुर बाइक लिएर स्न्याचिङ गर्न थाले। टम बाइक कुदाउँथे‍ भने प्रकाश पछाडि बसेर सिक्री लुछ्थे‍ । विस्तारै उनिहरुको सम्पर्कमा रायमाझी पनि पुगे। रायमाझीले लुछिएको सिक्रीको व्यवस्थापनको जिम्मा पाएका थिए। त्यसका लागि उनले ललितपुरको बालकुमारीमा रहेको एक सुन पसलमा काम गर्ने भारतीय नागरिक ३४ वर्षीय देवासिस दोलहीलाई सम्पर्कमा ल्याए। देवासिस सुन बनाउने कालिगढ हुन्। लुटिएको सुनलाई गाल्ने काम दोलहीको थियो।

प्रतिक्रिया दिनुहोस्

Exit mobile version