Site icon Tukinetwork.com

छोरी जन्माएको र दाइजो कम ल्याएको आरोपमा आफनै श्रीमती तथा बुहारीको ह*त्या गर्ने श्रीमान र ससुरा पक्राउ

रौतहट । छोरी जन्माएको र दाइजो कम ल्याएको आरोपमा आफनै श्रीमती तथा बुहारीको हत्या गरी फरार रहेका श्रीमान तथा ससुरालाइ रौतहट प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्लाको दुर्गा भगबती गाउपालिका वाड नं. ४ बस्ने डोली मिश्रको हत्या गरी फरार रहेका श्रीमान श्याम प्रकाश मिश्र र ससुरा खोभाडी मिश्रलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । मृ*तक भारत बिहार राज्य अन्तर्गत शिवहर जिल्ला पिप्रादी पुनरबासग्राम पंचायत बस्ने बुबा देबेन्द्र मिश्रको जहेरी अनुसार श्रीमान र ससुरालाइ पक्राउ गरिएको हो ।

डोलीले छोरी जन्माएको र दाइजो कम ल्याएको भन्दै गत २०७२ साल फागुण ७ गते श्रीमान,ससुर तथा सासु मिली हत्या गरी श्रीमान र ससुर फरार रहदै आएका थिए । कर्तब्य ज्यान मुद्धामा फरार रहेका श्याम प्रकाश मिश्रले आफनै श्रीमती डोली मिश्रसंग जातिय रिती रिवाज अनुसार बिवाह भएको र विवाह भए देखी नै पटक पटक यातना दिदै आएकोमा सन्तानको रुपमा छोरीको जन्म भए पश्चात छोरी भएको र दाईजो कम ल्याएको निहुमा हत्या गरेको माइती पक्षको आरोप छ ।

जाहेरवालाको अनुसार छोरी डोरी मिश्रलाई श्रीमान श्याम प्रकाश मिश्र, ,ससुरा खोभाडी मिश्र,सासु सुनैना देवी, देवर सुधिर मिश्र, नन्द निशा कुमारी मिश्र समेत मिली घाँटी थिची मारेको बताइएको छ ।श्रीमान तथा ससुरलाइ मिश्रलाइ प्रहरीले गौर नगरपालिका वडा ३ स्थित रहेको रौतहट जिल्ला अदालतको गेट अगाडीफेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्तहरुको थप अनुसन्धान तथा कार्वाहीको लागी जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । राजधानी दैनिकमा खबर छ ।

View Post

Exit mobile version