Site icon Tukinetwork.com

यसरी रोए समिति बैठकमा माधव नेपाल र मन्त्री योगेश भट्टराई

काठमाडौं, १९ साउन । आइतबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बधाई तथा शुभ कामना दिने कार्यक्रम राखेको थियो । कार्यक्रममा नेकपाका वरिष्ठ नेता पूर्व प्रधामन्त्री माधवकुमार नेपाल पनि उपस्थित थिए । नेता नेपाल अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य हुन् ।

कार्यक्रमको सुरुमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुले मन्त्री भट्टराईलाई बधाईसँगै सुझावहरु पनि दिए । वरिष्ठ नेता नेपालले पनि बधाईसँगै भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा गर्नुपर्ने कामको बारेमा सुझाव दिए। बधाई तथा शुभ कामना ग्रहणपछि मन्त्री भट्टराई बोले । उनले नेता नेपालसँगको सम्झना गरे । भट्टराईले नेपालसँगको सम्बन्ध गुरु(चेलाको सम्बन्ध रहेको बताए ।

भट्टराईले २०४३ सालको घटना सम्झिए । भने, ‘२०४३ सालमा पार्टीले पञ्चायत निर्वाचनलाई जनपक्षीय उम्मेदवार मार्फत उपयोग गर्ने नीति अनुसार म काठमाडौंमा खटिएको थिएँ । रात-दिन नभनी, खाइ/नखाई खटिइएछ । त्यसैको असरले होला, म निकै बिरामी परें । शिक्षण अस्पतालमा ६० दिन बसें। डाक्टरले आशा मारिसकेका थिए । ६० दिनको बसाईको क्रममा माधव नेपाल मलाई भेट्न आउनु भयो । त्यतिबेला उहाँको नाम माधव नेपाल थिएन ।

जब उहाँले मलाई स्पर्श गर्नुभयो, मलाई जीवनप्रति आशा पलायो। सायद त्यो बाँच्ने आधार थियो ।’ भट्टराई विगतको कुरा गर्दा गर्दै भावुक भए । उनको बोली रोकियो । केही छिन भक्का निएर पुराना सम्झनाहरु सुनाए । भट्टराईले नेता नेपाल राजनीतिमा आफ्नो अभिभावक रहेको बताए ।भट्टराई रोक्किएपछि नेता नेपाल पनि भावुक भए । नेपालको आँखा रसायो । नेता नेपालले आफ्नो अगाडि रहेको ‘टिस्यु’ पेपरले आँखा पुछे । भिडियो यहाँ लिंकमा छ

प्रतिक्रिया दिनुहोस्

Exit mobile version