Site icon Tukinetwork.com

दाहाललाई थापाको चेतावनी: “सिसाको घरमा बसेर ढुंगा हान्नु हुँदैन”

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमला थापाले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई सिसाको घरमा बसेर ढुंगा नहान्न चेतावनी दिएका छन् । ‘पदिय मर्यादा विपरित हाँस्या स्पद अभिव्यक्ति, असुरक्षित मनस्थितिको आक्रोश, राम्रो काम गरेर जनताको मन जित्नोस, कसै प्रति आक्रोश देखाउनै पर्दैन ।

सिसाको घरमा बसेर ढुंगा हान्ने काम प्रत्युपादक हुन सक्छ । समय मै बिचार गरौं । जनयुद्धकालिन शब्द र भाषा पनि अब सुहाउदैन,’ थापाले ट्वीटगर्दै भनेका छन्। पूर्वप्रधान मन्त्री समेत रहेका प्रचण्डले रामेछाप पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारबाट निकाल्ने चेतावनी दिएलगत्तै राप्रपा अध्यक्ष थापाले प्रचण्डलाई सो चेतावनी दिएका हुन्।

सुनकोसी नदीमा बनेको पक्कीपुल उद्घाटन गर्न आइतबार रामेछाप पुगेका प्रचण्डले ज्ञानेन्द्रले बकबक गरेको भन्दै नारायणहिटीबाट जस्तै गरी नागार्जुनबाट पनि निकाल्ने चेतावनी दिएका थिए। प्रचण्डले शाहलाई चेतावनी दिएको ५ घण्टा नबित्दै राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीट मार्फत प्रचण्डलाई ‘सीसाको घरमा बसेर जनयुद्धकालीन भाषा नबोल्न’ चेतावनी दिएका हुन्।

उनले पदिय मर्यादा विपरित हाँस्यास्पद अभिव्यक्ति नदिन र असुरक्षित मनस्थितिको आक्रोश नपोख्न समेत प्रचण्डलाई आग्रह गरेका छन् । शनिबार मात्रै एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए । थापाको नाम नलिइ नेकपा प्रचण्डले आइतबार जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Exit mobile version