Site icon Tukinetwork.com

आज फेरि ह्वात्तै बढ्यो सुनको मुल्य, तोलाको कति पुग्याे ?

काठमाडौं / आज बुधबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ । सुन आज तोलामा रु २०० रुपैंयाँले बढेको हो । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६५ हजार ४०० मा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलाको ६५ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु २०० ले बढेर ६५ हजार ४०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन ६५ हजार १०० मा कारोबार भएको छ ।

यसैगरि चाँदीको मूल्य ७८० पुगेको महासंघले जनाएको छ ।

Exit mobile version