Site icon Tukinetwork.com

पश्चिमी भूभागमा भारी वर्षाको सम्भावना, अन्य स्थानमा कस्तो छ अवस्था?

काठमाडौं, साउन १४ । आज (मंगलबार) देशभर मौसम बदली भई देशका केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार राति पश्चिम भूभागका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार अहिले पनि देशका थोरै स्थानमा वर्षा भइरहेको छ।

मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतिर छ। जसका कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसमविद्ले बताएका छन्।

Exit mobile version