काठमाडौं : गृह मन्त्री रामबहादुर थापाले निर्मला ह*त्याका*ण्ड बारे प्रहरीले नयां शैलीले अनुसन्धान शुरु गरेको जानकारी दिएका छन् । राष्ट्रिय सभा अन्तर्गत प्रत्योजित बिद्यायन तथा आश्वासन समितिको सोमबारको बैठकमा गृह मन्त्री थापाले निर्मला ह*त्याका*ण्डको बारेमा भएको बिगतको अनुसन्धान पद्धतीलाई नै बिस्थापित गर्दे नयां शुत्र लगाएर अनुसन्धान प्रकृया अगाडि बढाउन लागेको जानकारी दिए ।
२०७५ साउन १० गते कन्चनपुरको उल्टाखाममा पन्तको बला*त्कार पछि ह*त्या भए पछि उक्त मुद्धा अन्तराष्ट्रिय करण हुनुको साथै सरकार माथि पटक पटक दवाव परेको थियो । उक्त ह*त्याका*ण्डमा कुनै पनि ठुला भनिएका ब्यक्तिलाई जोगाउन कुनै प्रकारको षडयन्त्र नभएको बताए । उक्त घ*टनामा संलग्न रहेका जतिसुकै हाई प्रोफाईलका मान्छे संलग्न रहेको तथ्य पत्ता लाग्यो भने सरकारले कारवाही गरेरै छाड्ने दावी गरे ।
यो खवर आजको समाचारपत्र दैनिकमा छापिएको छ । उनले यस अघि निमर्ला ह*त्याका*ण्डमा संलग्न रहेका भनिएका दिलीप सिंह बिष्टको बारेमा समेत सुरक्षा निकायले फरक ढंगले अनुसन्धान शुरु गरेको जानकारी दिए । उहांले मुलुकको शान्ति सुरक्षामा प्रश्न उठाउनुपर्ने अवस्था अहिले नरहेको भन्दै मन्त्री थापाले पछिल्लो समय सबै सुरक्षा निकायबीच समन्वयमा काम भइरहेकाले अप*राध गर्नेको संख्या पनि घट्दै गएको जानकाारी गराउनु भयो ।
