काठमाडौं । बालुवाटारको सरकारी जग्गा निजी बनाउने प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा पूर्व कर्मचारी युक्त प्रसाद श्रेष्ठले आईतबार आ*त्म ह*त्या गरेका छन् । पछिल्लो समय चर्चित का*ण्डको रुपमा रहेको बालुवाटारको सर कारी जग्गा निजी बनाउने कार्यमा उनको संलग्नता रहेको भन्दै अख्तियार अनुसन्धान आयोगले श्रेष्ठलाई छानिबनकाे दायरामा ल्याएकाे थियाे ।
साेही कारणा उनले आत्म ह*त्या गरेकाे प्रारम्भिक अनुमान गरिएकाे छ । केही दिन अघि अख्तियारले अनुसन्धानको क्रममा श्रेष्ठ मालपोत कार्यालय डिल्लीबजारमा नासुकाे रूपमा कार्यरत रहँदा ललिता निवासको जग्गा व्यक्तिका नाममा बनाउनका लागि फाइल खडा गर्ने कार्यमा संलग्न रहेकाे भन्दै उनलाई अनुसन्धानको दायरामा ल्याएको थियो ।
श्रेष्ठले माछापोखरीस्थित सपिङ मलको सातौं तलाबाट हा*मफालेर आत्म ह*त्या गरेको महानगरीय प्रहरी वृत्त बालाजुले भर्खरै पुष्टि गरेको छ । केही वर्ष पहिले नै जागिरबाट अवकाश पाएका उनी पर्वत कांग्रेसका नेता समेत हुन् । मलको सातौँ तलाबाट हा*मफाल्ने बित्तिकै उनलाइ अस्पताल लगिएको थियेा तर अस्पताल पुर्याउने बित्तिकै उनलाई डाक्टरले मृ*त घोषणा गरेको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
