प्रधानमन्त्री केपी शर्मा ओली पुनः अस्वस्थ हुनुभएको छ । मुटुको चाल र सुगरमा गडबडी हुँदा प्रधानमन्त्री ओली पुनः अस्वस्थ हुनुभएको हो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अरुण सायमीका अनुसार धपेडी र तनावका कारण प्रधानमन्त्री अस्वस्थ हुनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो स्वास्थ्य अप्डेट अनुसार प्रधानमन्त्रीको सुगर अप्रत्याशित रुपमा बढेको छ भने अहिले आराम गर्न चिकित्सकले सुझाव दिएका छन् ।
यसअघि, गत कात्र्तिकमा समेत अस्वस्थ भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल नै भर्ना गर्नुपरेको थियो । त्यसबेला उहाँलाई निमोनियाको संक्रमण देखिएको थियो ।
