Site icon Tukinetwork.com

एक सहरलाई ध्वस्त पार्न सक्ने एक छुद्र ग्रह पृथ्वीसँग ठोक्किनबाट जोगियो, वैज्ञानिकको भनाइ

एक सहरलाई ध्वस्त पार्न सक्ने एक छुद्र ग्रह सिटी किलर’ पृथ्वीसँग ठोक्किनबाट जोगिएको वैज्ञानिकहरूले बताएका छन्।
करिब सय मिटरको उक्त छुद्र ग्रह २०१९ ओके प्रतिसेकेन्ड २४ किलोमिटर बेगले पृथ्वीको नजिकबाट बिहीबार बिहान ११ बजेर २२ मिनेटमा हुँकिएर गएको थियो।

सूर्यको दिशाबाट पृथ्वीतर्फ आइरहेको भएर उक्त छुद्र ग्रहका विषयमा खगोलशास्त्रीहरूलाई कुनै जानकारी नै हनु नसकेको जनाइएको छ। यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ।

मोनास युनिभर्सिटीका उपप्राध्यापक माइकल ब्रोनले भने, यो अत्यन्तै नजिक हो। यो गइसकेको छ भन्ने मैले अझै सोच्न सकेको छैन। यो साँच्चिकै ठूलो कुरा हो।’यो एक सहर ध्वस्त पार्न सक्ने छुद्र ग्रह हो।

Exit mobile version