Site icon Tukinetwork.com

प्रहरी गाउँमा जाँदा गाउँले सबै जंगलतिर भागाभाग

काठमाडौं । केही समय अघि नेपाल प्रहरी ला*गूऔषध नियन्त्रण ब्युरोको एउटा टोली मकवानपुर तिर लाग्यो। टोलीको उद्देश्य थियो– अफिम खेती न*ष्ट गर्नु। ‘हामीले मकवानपुरका विकट गाउँमा अफिम खेती हुन्छ भन्ने सूचना पाएका थियौं । सूचना भेरिफाई गर्‍यौं र अफिम खेती न*ष्ट गर्ने उद्देश्यले मकवानपुर तिर लाग्यौं’, ब्युरोका डीएसपी कृष्णगोपाल पनेरु भन्छन्, ‘त्यहाँ पुगेपछि हामीले अर्कै संसार देख्यौं।

गाउँमा ८०–९० वर्षका बूढाबूढी मात्रै थिए। हामी पुगेको थाहा पाएपछि सबै मानिस जंगलतिर भागे छन् ।’ डीएसपी पनेरूका अनुसार ८–१० वर्षदेखि नेपालका विभिन्न जिल्लामा अफिम खेती मौलाउँदो छ। यस्तै न*ष्ट गर्ने प्रवृत्ति पनि बढेको छ। त्यसैले अफिम न*ष्ट गरेको अनुभव उनीजस्ता धेरै प्रहरी अधिकारीसँग छ। तीमध्येका एक हुन् रौतहटका डीएसपी नवीन कार्की। २०७५ साल सकिनै लागेका बेला कार्कीसमक्ष अफिम खेतीको सूचना आयो।

सूचनाका आधारमा रौतहट प्रहरीले अ*प्रेसन चलायो। ‘हामीले मकैबारीमा लुकाएर अफिम खेती भइरहेको पायौं। त्यस अघि मकै बारीमा अफिम खेती भएको भेटिएको थिएन’, कार्की भन्छन्, ‘हामी त्यहाँ पुग्दा अफिम खेती गर्ने मान्छे भागिसकेका थिए। दुई बिघा मकैबारी भित्र लगाइएको अफिम न*ष्ट गर्‍यौं।’ यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

Exit mobile version