पोखरा । पोखरामा रहेको पश्चिमाञ्चल सामुदायिक अस्पतालको लापरबाहीले गर्दा सुत्केरीको मृत्यु भएको भन्दै स्थानीयले विरोध गरेका छन् । विरोधको क्रममा आक्रोशित स्थानिय र प्रहरी बिच झडप हुदा ८ जना घाइते भएका छन । तीन जना गम्भीर घाइते भएका छन भने अन्य पाँच जना सामान्य घाइते भएका छन ।
बिहिवार विहान अस्पताल आएकी ३३ वर्षीय निशा कुमारी थापाको अस्पतालमै मृत्यु भएको हो । सामान्य रुपमा सुत्केरी भएकी निशाको उच्च रक्तस्राव हुदा अस्पताललाइ खबर गर्दा समेत कुनै वास्ता नगर्दा सुत्केरीको मृत्यु भएको मृतककि दिदी सीता थापाले ९ रानामगर० बताउनुभयो । बिहिवार विहान करिव ८ बजेको समयमा व्यथाले च्यापे पक्षी अस्पताल ल्याय सामान्य अवस्थामानै बच्चा जन्माउनुभएकी निशाको अस्पतालको कर्मचारीको हेल्चक्र्याइको कारण मृत्युभएको दिदी सिताले बताउनुभयो ।बच्चा जन्मिएको करिव चार घण्टा पछि मात्र डाक्टरले अवस्था गम्भीर भएको भन्दै शल्यक्रिया गर्नुपर्ने जानकारी दिएको सिताले बताउनुभयो । ू बच्चा जन्मिए पछि आमालाइ सफासुगर गर्यौ, पछि आएर वेडमा सुत्दा रगर बगेको रहेछ, रगतले पुरै भिजेको थियो, नर्सलाइ खबर गर्दा , सामान्यरुपमा बच्चा जन्माउदा रगत बग्ने भन्दै आफ्नै काममा लागेू सिताले भन्नुभयो । अस्पतालकै गल्तिको कारण बहिनिले ज्यान गुमाउन पर्यो उहाले भन्नुभयो ।
