Site icon Tukinetwork.com

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । मकवानपुर, दैलेख, मोरङ र दार्चुलामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपल चौतारास्थित सडकमा एनएलओ १ डी ८०३१ नम्बरको भारतीय लहरीले मंगलबार बिहान बा.६६ प ६२१३ नम्बरको मोटरसाइकल र ना.१ ह ८८२४ नम्बरको अटोलाई ठक्कर दिँदा अटोचालक हेटौंडा उपमहानगरपालिका-९ सिमेन्टी रोड बस्ने ३२ वर्षीय सुजन ढकाल सहित हाल नाम, थर, वतन नखुलेका अर्का १ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही उपमहानगरपालिका-९ कर्रा बस्ने ४७ वर्षीय नवराज तिमिल्सिनाको भरतपुर अस्पतालमा उपचारको भइरहेको छ । लरी चालक हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

दैलेख, आठबिस नगरपालिका-४ राकम जिरोप्वाइण्टस्थित सडकमा ना.५ ख ७२४३ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा बसमा सवार आठबिस नगरपालिका-५ बस्ने ३३ वर्षीया धिर्जा माझीको सोही बसले च्यापिएर घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ७ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बस चालक हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

Exit mobile version