काठमाडौं – चर्चित नायिका शिल्पा पोखरेल र निर्माता छबि ओझा पारिवारिक कलहका कारण चर्चाको शिखरमा छन् । ३ वर्ष अघि गुपचुप रुपमा विबाह गरेको यो जोडी अहिले मिल्छ या छुट्टिन्छ भन्ने कुराको टुंगो लागेको छैन ।
शिल्पाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपनि छवि भने शिल्पालाई अझै पनि घर फर्किन आग्रह गरिरहेका छन् । एक अन्तरवार्तामा छबिको आग्रहलाई स्विकारेर तपाई घर जाने संभावना कति छ भन्दा शिल्पाले अब आँफुले भुलेर पनि त्यो घरमा नजाने ठाडै भनेकी छिन् ।
उनले भनिन् अहिले घटना बाहिर आएपछि उहाँ ५५ वर्षको बूढो भएँ भनेर हिँडिरहनु भएको छ। ५५ वर्षको बूढोले लभ गर्ने बेला ‘ल नानी म ५५ वर्षको बूढो, छोरी होस् तँ’ भनेर उहाँले किन भन्नुभएन ? अहिले आएर सहानीभूतिका लागि किन बुढो भन्नुरु त्यतिबेलाचाहिँ २०–२५ वर्षको जस्तो व्यवहार गर्नुलाई पनि शिल्पाले छबिको दोस्रो रुप भएको आरोप लगाइन् ।
अग्नी साक्षी राखेर बिहे गरेको मितिबाटै आँफु छबिको पत्नी भइसके पनि छविले दिएको यातनाका कारण आँफु अब उनीसँग सहकार्य गर्न नसक्ने शिल्पाको तर्क छ ।
