Site icon Tukinetwork.com

आत्मसमर्पण गरेर वार्तामा बस्दैनौं : विप्लव समूह

काठमाडाैँ । बन्दुक बिसाएर शान्तिपूर्ण राजनीतिमा आएमात्रै वार्तामा बस्न सकिने सरकारका प्रवक्ताको धारणाप्रति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले आपत्ति जनाएको छ। विप्लव समूहले सरकार मुठभेडमा जान चाहेको आरोप लगाएको छ। सरकारको पछिल्लो धारणाले झनै परिस्थिति बिगार्न खोजेको दाबी उसको छ।

भूमिगत अवस्थामै नागरिकसँग सम्पर्कमा आएका प्रतिबन्धित नेकपाका पोलिटब्युरो सदस्य अनिल शर्मा (विरही) ले ‘क्रान्तिकारी शक्तिलाई आत्मसमर्पण गरेर वार्तामा आइजा’ भन्नु स्वीकार्य नहुने बताए।

‘हाम्रा नेता–कार्यकर्तामाथि सरकारले लगाएका मुद्दा फिर्ता, प्रतिबन्ध फुकुवा, प्रहरी प्रशासन लगाएर गरिएको धरपकड स्थगन तथा भरपर्दो सुरक्षा प्रत्याभूतिपछि औपचारिक रुपमा पत्र पठाए हामी वार्तामा बस्न तयार छौं,’ शर्माले नागरिकसँग भने, ‘वार्ताका लागि यी हाम्रा न्यूनतम सर्त हुन्, यसलाई थाती राखेर हामी वार्तामा बस्दैनौं।’ याे खबर आजकाे नागरिक दैनिकमा छ।

Exit mobile version