काठमाडौं । कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला छन्।
मृतक महिलाहरु अप्सरा कामी र गौरी दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। सो अपार्टमेन्टमा शनिबार राति भएको आगलागीमा परी अन्य थुप्रै नागरिकको ज्यान गएको छ । तर उनीहरु नेपाली हुन या होइनन् भन्ने चाहीँ अझै खुल्न नसकेको दुतावासले जनाएको छ ।
