सुनसरी । इटहरी विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ ।लगातारको बर्षाका कारण बुढी खोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो। पुल सँगै सुनसरी पट्टी रहेका सुकुम्वासी वस्ती समेत जोखिममा परेको छ।पुलको सुनसरी पट्टीको क्षेत्रमा कटान गरेपछि अहिले बिहानबाट एक तर्फमात्रै सवारीका साधन सञ्चालनमा छन् । पुलमा रातो झण्डा गाडेर खतराको संकेत देखाइएको छ।गएको बर्षपनि सो पुलको उत्तर पट्टीको भुभागमा खोलाले कटान गरेको थियो । तर मर्मत सम्भारमा ध्यान नदिदा पुल नै जोखिममा परेको स्थानीय मुन्ना मल्लिकले बताउनु भयो ।
यसैगरि केहि दिन यता लगतातर भइरहेको बर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र जलमग्न भएका छन् ।मुसलधारे वर्षाले सुनसरीको इटहरी उपमहानगरपालिका केहि वडा डुवानमा परेका छन । सेहेरा खोलाले तरहरा तथा आसपासको क्षेत्र डुबाएको छ । जसका कारण इटहरी धरान सडक खण्ड केछि बेर अबरुद्ध समेत भएको छ।तरहरा बरगाँछी क्षेत्रमा आएको बाढीले आवतजावत गर्न समेत समस्या आएका कारण युवाहरु बाटोमै बसेर सर्वसाधरण यात्रुहरुलाई आवत जावतमा सहयोग गदै आएका छन ।इटहरी २ तरहरामा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डुवानमा परेको छ । जसका कारण केन्द्रको माछाहरु समेत बगाएका छन । त्यस्तै इटहरी स्थित आर्मी क्याम्प अगाडि राजु थापाको घरमा समेत बाढीले क्षति पुर्याएको छ ।
