Site icon Tukinetwork.com

म रातो कार्पेटमा हिडे समाचार बन्छ, विषादी खाना बारे प्रश्न उठाउने म आज उल्टो म माथि नै प्रश्न उठ्छ

बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने विषादी प्रकरणबारे भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई बेलैमा जानकारी नदिएकै कारण नेपाली जनताको सामु पत्र नआएको सार्वजनिक अभिव्यक्ति दिए । आफूलाई बेलैमा जानकारी नदिएका कारण नेपाली जनताको सामु लज्जित हुनु परेको बताउँदै प्रधानमन्त्री ओलीले माफीसमेत माग्नु भ्यो । प्रधानमन्त्री ओलीले नेपाली जनताको भान्सामा विषादी हुन दिनुहुन्न भन्ने प्रधानमन्त्री आफूमात्रै भएको दावी गर्दै आफूविरुद्ध चलाएको कुनै पनि मिसन पूरा हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूविरुद्ध भ्रम छर्न खोजिएको तर त्यसलाई सफल हुन नदिने प्रधानमन्त्री ओलीले बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार आफू सहभागी भएको त्रिविको प्राज्ञ सभा कार्यक्रममा ओछयाइएको रातो कार्पेट पानीले भिजेको तर त्यसलाई लिएर पनि आफूविरुद्ध सञ्चार माध्यमले समाचार बनाएको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले कालोपत्रे नभएको बाटोमा हिलो भएको विषयलाई लिएर पनि समाचार बनाएको उल्लेख गर्दै मिसन पत्रकारिताले आफूलाई हैरान बनाएको बताउनु भयो । ‘आफू प्रधानमन्त्री भएको एक वर्ष भयो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशका सबै सडक कालोपत्रे गर्न सकेनछु ।’ तर त्यसलाई पनि समाचार बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘धन्य छ, मिसन पत्रकारिता ।’

Exit mobile version