त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा यति एयरको जहाज धावनमार्गबाट चिप्लिएर ट्याक्सी वेमा पुगेको छ। नेपालगञ्जबाट आएको यति एयरको उडान नम्बर एनवाइटी-४२२ को एटीआर जहाज अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको हो। जहाजभित्र ६६ यात्रु चालक र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए।
विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका तीन यात्रु सामान्य घाइते भएका थिए भने अरूलाई सकुशल उद्धार गरिएको थियो।धावनमार्गमा जहाज चिप्लिएपछि विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।
प्रवक्ताका तिवारीका अनुसार अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको बताए। उनका अनुसार काठमाडौं आउन उडेका अन्तर्राष्ट्रिय जहाजलाई डाइभर्ट गरिएको छ भने नेपालभित्रका जहाजहरूको उडान रोकिएको छ।
