Site icon Tukinetwork.com

स्वास्थ्यका लागि निकै फाइदा जनक तरकारी भान्टा, यस्ता छन् अन्य अपत्यारीला फाइदै फाइदा

भान्टा स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ यो प्राय मानिसहरुले सेवन गरेका हुन्छन् यसको सेवन गर्दा धेरैबाट रोगबाट मुक्त हुन सकिन्छ । यो प्राय गाउ घरमा सजिलै पाइने तरकारी पनि हो ।

धेरै मानिसहरुलाइ थाहा नहुन पनि सक्छ यसको सेवले हाम्रो शरीरलाई कति फाइदा पुर्याउछ भन्ने भान्टा खाँदा हामीलाई चिलाउँछ भन्ने भ्रमले गर्दा मानिसहरु भान्टा खान डराउने गर्छन् ।

भान्टा मानव स्वास्थ्यका लागि निकै फाइदा गर्ने तरकारीमध्ये एक हो ।भान्टामा फाइबरको मात्रा अधिक र क्यालोरीको मात्रा न्यून हुने भएकाले यसको नियमित सेवनले पाचन प्रक्रियालाई सक्रिय पारेर कब्जियतको जोखिमलाई कम गर्नुका साथै पर्याप्त मात्रामा पानी पाउने हुदा मोटोपना घटाएर हाम्रो शरीरको तौललाई सन्तुलित राख्ने काम गर्दछ ।भान्टाले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने गर्छ ।

भान्टामा भिटामिन ’बी ६’, ’ए’, ’सी’, ’ई’, ’के’, नायसिन, फोलेट, फाइबर, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम लगायतका तत्व प्रसस्त पाइन्छ ।

Exit mobile version