काठमाडौँ । चर्चित अभिनेत्री शिल्पा पोखरेल र बाघ निर्माता छविराज ओझाबिच सहमति भएको छ । अभिनेत्री पोखरेललाई निर्माता ओझाले सुरक्षामा आँच नपुर्याउने कागज गरी सहमती जुटाइएको काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए ।
शिल्पा गएको १४ दिनदेखि नै भाउजु सम्झना रौनियार उप्रेतीकोमा गएर बसेको र १५ दिन अगाडि नै ओझाले शिल्पालाई पिटेको र कुटाइपछि शिल्पाको कानमा समस्या भएका समाचारहरु प्रकाशित भएपछि दुवै पक्षलाई प्रहरीले छलफलका लागी बोलाएसँगै केहीबेर अघि शिल्पा दाजुभाउजु र आमासहित टेकु पुगेर यस्तो सहमती गरेको स्रोतको भनाई छ ।
२०७३ सालमा गोप्य रुपमा निर्माता ओझासँग विवाह गरेकी शिल्पाले घरेलु हिंसाको उजुरी दर्ता गराई श्रीमानले हातपात गर्दा आफ्नो कानको जाली फुटेको उल्लेख गरेपछि ओझाले उक्त आरोप सरासर गल्ती भएको छलफलका क्रममा बताएका थिए ।
