Site icon Tukinetwork.com

एक दाजुबहिनीले होटमा झुण्डिएर आत्महत्या गरेपछि….

दार्चुलामा एक दाजुबहिनीले होटलमा झुण्डिएर आत्महत्या गरेपछि घटनाको सर्बत्र चर्चा भईरहेको छ । महाकाली नगरपालिका–४ खलंगा बजारको एक होटलमा नातामा दाजु बहिनी पर्ने युवक र युवतीले आत्महत्या गरेका हुन् ।

मृतकहरुमा शैल्यशिखर नगरपालिका–५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल रहेका छन् । उनीहरुले दार्चुला सदरमुकास्थित विष्ट बियर बारको एक कोठामा एउटै डोरीको पासखो लगाई पंखामा झुण्डिएर आत्महत्या गरेका हुन् ।

बेलुकीको खाना खाएर ८ बजेको समयमा कोठामा सुत्न गएका उनीहरु बिहान उठाउँन जाँदा ढोका नखोलेपछि भेन्टिलेसनबाट हेर्दा दुबै जना झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको होटल सञ्चालक जानकी विष्टले बताईन् । दुई महिना अघिमात्र बिवाह गरेकी मनिषा र महादेवबीच प्रेम सम्बन्ध रहेको बुझिएको छ । मनिषा आफनै काकाकी छोरी हुन् ।

उनीहरुबीच लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको स्थानीयको भनाई छ । महादेशको घरमा यसअघि नै २ श्रीमतीहरु रहेका छन् । मनिषाले बिवाह गर्दा उनी निकै विक्षिप्त बनेका थिए । कतिसम्म भने महादेवले मर्नुअघि फेसबुकमा दुबै जनाको तस्बिर पोस्ट गर्दै रिप समेत लेखेका छन् ।

महादेवको तस्बिर खोतल्दै जाँदा महादेवले मनिषाको तस्बिर बहिनी भन्दै धेरै पोस्ट गरेका छन् । तर उनीहरुबीच गहिरो प्रेम सम्बन्ध रहेको थियो । होटल मालिक्नी जानकीले बास बस्न आएका महादेव र मनिषासंग परिचय पत्र वा नागरिकता समेत मागेको बताएकीछिन् ।

तर महादेवले आफुहरुले केही महिना अघि मात्र बिवाह गरेको , नागरिकता बनाउँन सदरमुकाम आएको , पहिले पनि यही होटलमा बस्ने गरेको बताएपछि उनले होटलमा बस्न दिएको प्रहरी सामु बताएकीछिन् । सम्बन्धमा दाजुबहिनी पर्ने तर एकअर्काबिना बाच्न नसक्ने भन्दै उनीहरुले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । घटनाको थप छानबिन भईरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version