Site icon Tukinetwork.com

घरमा काम गरिरहेको गिरीलाई सर्पले डस्यो

डोटी –डोटीको पूर्वीचौकी गाउँपालिका(४ गिरीटोलमा सर्पले टोकेर फेरि एक मुृत्यु भएको छ । मुृत्यु हुनेमा र २२ वर्षीय पुरन गिरी रहेका छन् । घरमा काम गरिरहेको बेला आइतबार साँझ सर्पले डसेपछि उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएपनि उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि केआईसिंह गाउँपालिका-२ का नौ वर्षीय झकेन्द्रबहादुर बोगटी र शिखर नगरपालिका-२ कालागाढकी ४२ वर्षीया जमुनादेवी कार्कीको पनि सर्पले टोकेर ज्यान गएको थियो । गर्मी मौसमका कारण पनि डोटीमा सर्पले टोक्ने क्रम बढिरहेको बताइएको छ

Exit mobile version