Site icon Tukinetwork.com

मार्सेलोले मापसे चेकिङ गर्न अस्वीकार गर्दै बरु जरिमाना तिर्न तयार छु भनेपछि प्रहरीको फन्दामा परे मार्सेलो

काठमाडौँ-स्पेनिस महारथी रियल मड्रिडका स्टार खेलाडी मार्सेलो पछिल्लो समय छुट्टी मनाइरहेका छन् । ४६औं संस्करणको कोपा अमेरिकाका लागि ब्राजिलियन राष्ट्रिय टोलीमा पर्न असफल रहेपनि उनी छुट्टि मनाउनमा व्यस्त रहेका मार्सेलो प्रहरीको फन्दामा परेका छन् ।मापसे चेकिङ गर्न नमानेपछि उनी प्रहरकिो फन्दामा परेका हु्न ।

उनको सवारी चालक अनुमति पत्र खोसिएको छ ।रियो डी जेनेरियो शहरमा आफ्नो छुट्टिमा मस्त रहेका उनले ब्रेथलाईजिङ टेस्ट गर्न नमानेपछि उनको लाइसेन्स प्रहरीले लिएको बताइएको छ । गत सोमबार राति मार्सेलोलाई प्रहरीले चेकपोइन्टमा रोकेको थियो ।

उनलाई प्रहरीले मापसे चेकिङकका क्रममा सास फेर्न लगाइएको थियो । तर, मार्सेलोले मापसे चेकिङ गर्न अस्वीकार गर्दै बरु जरिमाना तिर्न आफू तयार भएको बताएका थिए । उनले ६ सय ७५ युरो तिर्न आफू तयार रहेको तर मापसे चेकिङ नगर्ने बताएपछि प्रहरीले मिडियालाई जानकारी गराउँदै उनको लाइसेन्स खोसेको बताइएको छ ।

Exit mobile version