एजेन्सी- महाराष्ट्रको मुम्बईमा पछिल्लो पाँच दिनदेखि लगातार भारी वर्षा भएपछि सरकारले मंगलबार सबै सरकारी र नीजि स्कूल–कलेज र अफिस बन्द गर्ने निर्णय गरेको छ । भारी वर्षाका कारण मुम्बई एयरपोर्टमा स्पाइस जेटको फ्लाइट चिप्लिएको छ जसका कामरण मुख्य रनवे बन्द गरिएको छ ।
सोमबार अबेर राती पर्खाल भत्कँदा १३ जनाको मृत्यु भएको छ र १३ घाइते भएका छन् ।त्यस्तै भारी वर्षापछि मुम्बई एयरपोर्टमा पनि देखिएको छ । स्पाइसजेट एसजी ६२३७ जयपुर–मुम्बई फ्लाइट रनवेमा चिप्लिएको छ जसका कारण मंगलबार राती मुम्बई एयरपोर्टको मुख्य रनवे बन्द गरिएको छ ।
