Site icon Tukinetwork.com

महिला समलिङ्गीको भूमिकामा काम गर्न पाउँदा दंग छन् प्रियंका र सृष्टी

काठमाडौँ -लोकप्रिय नायिका प्रियंका कार्की पछिल्लो समयकी सर्वाधिक ब्यस्त र चर्चित कलाकार हुन् । कलाकारिताका अलावा प्रेम र विभिन्न स्क्याण्डलका कारण पनि सदावहार चर्चामा आइरहने प्रियंका अहिलेसम्मकै भिन्न भूमिकामा देखिँदै छन् । प्रियंका कार्कीको होम प्रोडक्सनले निमर्माण गर्न लागेको वेब सिरिजमा नायिकाद्वय प्रियंका कार्की र सृष्टि श्रेष्ठ महिला समलिङ्गीको भूमिकामा देखिने भएका छन्।

एलजीबीटीआई’ समुदायले जुन महिनालाई प्राइड मन्थ’ भनेर मनाउने गरेको छ। यही अवसर पारेर प्रियंकाले जुनको अन्तिम दिन यही समुदायको प्रतिनिधित्व गर्ने वेब सिरिजको फस्ट लुक सार्वजनिक गरेसँगै यसको चर्चा चुलीएको छ । यो सिरिज निर्माणको मुख्य उद्देश्य दुई महिलाबीचको प्रेम र सम्बन्धको स्वीकारोक्ति प्रदर्शन गर्नु रहेको प्रियंकाले उल्लेख गरेकी छिन् ।

शान थापाको कथा रहेको सिरिजमा प्रियंकाको पटकथा र संवाद छ । आयुष्मान देशराज जोशी डीओपी’ रहेका छन्। ८ एपिसोड रहने सिरिज गाईजात्राको अवसर पारेर साउन ३१ गतेबाट युट्युबमा रिलिज हुने निर्माण यूनिटले जनाएको छ ।

Exit mobile version