विराटनगर / मोरङको बेलबारी नगरपालिका–९ का ६० वर्षीय सुकदेव चौधरीको आफ्नै घरबाट लडेर मृत्यु भएको छ । पिसाव गर्न निस्कने क्रममा आइतबारराति ११ बजे घरको बरन्डाबाट खसेर घाइते भएका चौधरीको उपचार गर्न न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुुमार राईले बताए । चौधरी सत्तारुढ बेलबारीका स्थानीय नेता समेत हुन् । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
