Site icon Tukinetwork.com

आफनै खरबारीमा घाँस काट्ने क्रममा लडेर ज्यान गयो सरस्वतीको

गुल्मी स् गुल्मीमा घाँस काटने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी कालिगण्डकी गाउँपालिका वडा–२ अर्बेनीकी ३४ वर्षिया सरस्वती न्यौपाने रहेकी छन् ।

सोमबार दिउँसो करिब ५ बजेतिर आफनै खरबारीमा घाँस काट्ने क्रममा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवको रुरु स्वास्थ्य केन्द्रमा पोष्टमाटम गरि मंगलबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

Exit mobile version