एजेन्सी । आफ्नो व्वाइफ्रेण्डलाई सुटकेसभित्र कोचेर जेलबाट भगाउने एक युवतीको प्रयास असफल भएको छ। भेनेजुयलाको उत्तरपूर्वमा रहेको जोसे एन्टोनीयो एन्जोआटेन्गुइ जेलभित्र थुनिएका इब्राहिम जोसे भार्गस गार्सियालाई भगाउन उनकी २५ वर्षिय प्रेमिका एन्टोनीटा रोब्लेस साउदाले गरेको प्रयास असफल भएको हो।उनका व्वाइफ्रेण्ड इब्राहिम कार चोरीको आरोपमा पक्राउ परेका थिए र उनलाई ९ वर्षको जेल सजाय सुनाइएको थियो।व्वाइफ्रेण्डलाई भेट्ने बहानामा गुलाबी रंगको सुटकेश लिएर जेलभित्र पसेकी एन्टोनिटालाई कसैले ध्यान दिएनन्।
तर आधा घन्टापछि जेलबाट निस्कदा सुटकेश भारी भएर उनलाई घिस्याउन निकै गाह्रो पर्यो। त्यो देखेपछि एक सुरक्षा गार्डले शंका लागेर सुटकेश खोल्न लगाए। जब उनी सुटकेस खोल्न वाध्य भइन्, भित्र इब्राहिम पोको परेर बसिरहेका थिए।सजिलोका लागि सुटकेसभित्र अरु सामान पनि कोचिएको रहेछ। सुरक्षाकर्मीले तुरुन्तै इब्राइमलाई जेलभित्र हुले अनि उनकी प्रेमिकालाई पनि पक्राउ गरे।
यो पनि पढ्नु होस :-काठमाडौँ, भुलेर पनि अनुहारमा नलगाउनुस् यी चिज, जसले बनाउँनेछ अनुहारलाई कुरुप:-सुन्दर बन्ने चाहना हरेकको व्यक्तिको हुन्छ । जसले पनि अनुहारलाई सुन्दर बनाउन सके सम्म हर कुराको प्रयोग गर्ने गर्छन् । मानव शरिरको सबैभन्दा संवेदनशिन क्षेत्र भनेको नै अनुहार हो यहि अनुहार नै कुरुप भयो भने विभिन्न समस्याहरु आउन सक्छन् । चाया पोतो डन्डीफोर जस्ता समस्याले सुन्दर अनुहारलाई कुरुप बनाएर सुन्दरता नै लुटिदिन्छ त्यसैले अरुको लहैलहैमा लागेर अनुहारमा जे पायो त्यहि प्रयो गर्नु हुँदैन् । आज हामी तपाईहरुलाई अनुहार सुन्दर बनाउनको लागि भनेर प्रयोग गर्न नहुने ५ चीजको बारेमा जानकारी दिन गइरहेका छौँ । जसको प्रयोगले अनहारलाई कुरुप बनाउनेछ ।
१.भनेगर : भेनेगरमा केही मात्रामा एसिड प्रयोग गरिएको हुनाले प्रत्यक्ष अनुहारमा भेनेगरको प्रयोग गर्नु हुँदैन् । जसले अनुहारको छालामा असर पार्ने भएकाले भेनेगरमा अन्य चिज मिसाएर मात्र प्रयोग गर्नु पर्ने छ । सकेसम्म यसको प्रयोग नगर्दा नै उचित हुनेछ ।
२.बियर : बियर पनि अनुहारमा लगाउनको लागि उचित छैन् । एसिड मिसेर निर्माण गरिने भएको कारण दैनिक रुपमा अनुहारमा बियर प्रयोग गर्दा डन्डिफोर आउने र अनहार भारी हुने सम्भावना बढी हुन्छ ।
३.खाने सोडा : धेरैको बुझाइ छ अनुहार सफ गर्नको लागि सोडा प्रयोग गर्नु पर्छ । तर यो बुझाइ एकदमै गलत हो । धेरै समय खाने सोडालाई अनुहारमा लगाउनाले अनुहारमा धब्बा र दागहरु आउने हुन्छ ।
४.पुदीना : पुदिनाले अनुहारलाई सफा गर्न त मद्दत गर्छ तर धेरै समय पुदिनाको प्रयोग गर्नाले विभिन्न समस्याहरु देखा पर्न सक्छ । कतिपयलाई पुदिनाको प्रयोगले डण्डीफोर आउने गर्छ ।
५.मन्जन : इन्टरनेटको दुनियाँले धेरै कुरा सिकाउन सजिले भएके छ । त्यसकै प्रभावले होला मन्जनको प्रयोग गरेर अनुहारलाई चम्किलो बनाएको इन्टरनेट तिर देखन सकिन्छ । जसको प्रयोगले अनुहारमा चमक त आउँछ तर अनुहार बिग्रन भने धेरै समय लाग्दैन् । जसले गर्दा चाया पोतो डन्डीफोर जस्ता समस्याहरु आउन सक्छन् ।
