Site icon Tukinetwork.com

शाहिदको फिल्म ‘कबीर सिंह’ ले आफ्नै रेर्कड तोड्यो, पछि पार्यो पद्मावत’लाई पनि

काठमाडौँ-शुक्रबार रिलिज भएको शाहिद कपुरको फिल्म ‘कबीर सिंह’ बक्स अफिसमा छाएको छ। फिल्ममा उनको अभिनयलाई अत्यन्तै रुचाइएको छ । फिल्ममा उनी जड्याहा व्यक्तिको भुमिका रहेको छ ।

यो फिल्मले शाहिदका अहिलेसम्मका फिल्मले ओपनिङको दिनमा गरेको रेकर्ड भंग गर्दै नयाँ रेकर्ड कायम गरेको छ।फिल्मले ओपनिङ कलेक्सनमा ‘पद्मावत’लाई समेतपछि पारिदिएको छ।

भारतीय बक्स अफिसको रिपोर्टअुनसार पहिलो दिन फिल्मले २०।२१ करोड कमाएको छ। यो फिल्म साउथ इन्डियन फिल्म ‘अर्जुन रेड्डी’को रिमेक हो। फिल्ममा शाहिदको जोडीको रुपमा कियारा अडवाणीले अभिनय गरेकी छन्।

Exit mobile version