Site icon Tukinetwork.com

सर्लाहीमा कसरी मारिए विप्लवका जिल्ला कमाण्डर ? प्रहरीले गर्यो विशेष खुलासा

काठमाडौं । सर्लाहीको लालबन्दीमा विप्लव समूहका कार्यकर्ताले फायरिङ खोलेपछि प्रतिकार गरेको प्रहरीले बताएको छ । सर्लाहीबाट सिन्धुलीतर्फ जानेबाटोमा विप्लव समूहका चार जना कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको थियो । जवाफी कारवाहीमा विप्लव समूहका सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल घटनास्थलमै मारिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बताएका छन् ।

त्यसक्षेत्रमा विप्लव समूहको गतिविधि बढ्दै गएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो । विहीबार प्रहरी त्यसतर्फ गएपछि विप्लवका कार्यकर्ता फायरिङ गर्दै भाग्न खोजेका थिए । तर, प्रहरीको गोली लागेर विप्लवका सर्लाही जिल्ला इञ्चार्ज पौडेलको घटनास्थलमै मृत्यु भएको पोखरेलले बताए ।

अन्य तीन जना भने जंगलतर्फ फरार भएको उनले बताए । घटनास्थलबाट प्रहरीले थ्री नट थ्री मा लाग्ने तीन राउण्ड गोलीका साथै ना २२ प ६४ नम्बरको यामाहाको एफजेड मोटसाइकल समेत बरामद गरेको छ । घटनापछि प्रहरीले त्यसक्षेत्रमा सुरक्षा सतर्कता बढाएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता पोखरेलले बताए ।

Exit mobile version