Site icon Tukinetwork.com

यस्ता छन् मेथी सेवन गर्नुका अचुक फाइदै फाइदा

काठमाडौ -मेथीको दाना स्वास्थका लागी एकदमै लाभदायक औषधी हो ।यसको प्रयोगले तरकारीलाई स्वादिस्ट बनाउनुका साथै स्वास्थका लागी लाभदायक हुन्छ ।आङ खस्ने अर्थात् गर्भाशय सरेको अवस्थामा मेथीको लड्डु बनाएर खाँदा फाइदा मिल्छ ।मेथी स्त्रीरोगमा समेत उपयोगी मानिन्छ ।मेथीको धुलो र दहीको पेस्ट अनुहारमा लगाउँदा छाला सफा हुन्छ ।

जोर्नी तथा बाथको समस्यामा राति मेथीको दाना भिजाएर भोलिपल्ट बिहान चपाएर खाने जसले गर्दा जोर्नी तथा बाथकारोगीलाई राहत मिल्छ ।जहाँ पीडा हुन्छ त्यहाँ मेथीको दाना राखेर बाँध्दा बिसेक हुन्छ । त्यस्तै घाउमा पनि मेथी पिसेर लगाउन सकिन्छ ।मेथी पाउडरको पेस्ट केशमा लेप लगाएर सफा गर्दा केश सुन्दर देखिन्छ ।

Exit mobile version