काठमाडौं / सरकारले प्लास्टिक र शक्तिवर्धक पेयपदार्थ (इनर्जी ड्रिंक्स)को आयात पूर्ण रुपमा रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले इनर्जी ड्रिंक्सको आयातमा रोक लगाएको हो। मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।
