Site icon Tukinetwork.com

मेयर चौधरीलाइ इटहरीमा यस्तो सम्म भनियो , मेयरले अब यस्ता काम गर्नुपर्छ भन्दै जनसागर उर्लियो

झापा । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले भ्रष्टाचार गरेको भन्दै दुई जना कर्मचारीलाई ढोका थुनेर कुटपीट गरेका छन् । उनले कार्यालयमै बोलाएर दुई कर्मचारीलाई कुटपीट गरेका हुन् । कुटपीट गरेपछि भ्रष्टाचार गर्ने कर्मचारीलाई काम गर्ने कुनै नैतिक अधिकार नभएको भन्दै राजिनामा दिन दवाव दिंदै कठालो समातेर बाहिर निकालेका थिए । उनले भ्रष्ट कर्मचारीलाई तह लगाउन आफुले कुटपीट गरेको स्वीकार गरेका छन् ।

आफैँले नियुक्ति गरेका कर्मचारी खड्कालाई घिसार्दै कार्यालयबाट निकाले। इटहरीका स्थानीय चाणक पोखरेलको परिवारबाट घुस लिएको भन्दै मेयरले कर्मचारी खड्कालाइ निकालेका थिए।घर सम्पन्नको प्रमाणपत्र दिने नाममा सेवाग्राहीबाट घुस लिएको भन्दै मेयर चौधरीले अश्लिल गाली गर्दै खड्कालाइ निकालेका हुन्। मेयर द्वारीकलाल चौधरीले इथारिमा भएको भ्रष्टचार बिरुद्धको एक कार्यक्रममा भ्रष्टचारीलाइ कडा जबाफ दिएका छन् ।

Exit mobile version