Site icon Tukinetwork.com

सर्पले टोक्दा चार वर्षीया बालिकाको मृत्यु, बालिकाले सर्पले टोक्यो भन्दा पनि बाबु आमाले बेवास्ता गर्दा अकालमै गयो ज्यान

सर्लाहीको ईश्वरपुर–१२ घारीबथानमा विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय सञ्जय दास कथबनियाँकी छोरी चार वर्षीया लक्ष्मी दास कथवनियाँ रहेकी छन् ।

आइतबार साँझ सर्पले टोकेपछि अभिभावकले ढिलो गरी नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगेकाले बालिकाको मृत्यु भएको स्थानीयले बताएका छन्।

बालिकाले दिउँसो चार वजेतिरै आफूलाई सर्पले टोकेको अभिभावकलाई बताएकी थिइन्। तर, अभिभावले बालिकाले भनेको ठाउँमा गएर हेर्दा सर्प नदेखेपछि उपचारमा हेलचेक्र्याई गरेका थिए।जसको फलस्वरुप उनले अकालमा ज्यान गुमाउन बाध्य भइन् ।पछि बालिकाको अबस्था गम्भीर हुँदै गएपछि उनलाई अस्पताल लगिएको थियो। अस्पताल नपुग्दै उनको मृत्यु भएको हो।

Exit mobile version