Site icon Tukinetwork.com

पोखरामा पानीको ट्याङ्कीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

पोखरा । पोखरा ७ मासबारमा बन्दै गरेको एक घरको पानी ट्याङकीमा खसेर गए राति एक बालकको मृत्यु भएको छ । स्याङजा घर भई हाल पोखरा ७ मासबारमा बस्ने निर्मला पौडेलको साढे तीन वर्षीय छोराको मृत्यु भएको उनका आफ्न्त मनोज अधिकारीले जानकारी दिए । छिमेकीको दिपक रेग्मीको बन्दै गरको घरमा लापरबाही रुपमा छोडेको कारण बच्चा पानी ट्याङकीमा खसेर मृत्यु हुन पुगेको प्रहरीले जानकारी दिएको छ ।

दुई जना बच्चा खेल्दै छिमेकीको घरमा पुगेको र भ¥याङ मुनी बनाएको पानी ट्याङकी खुल्ला हुदाँ बच्चा खस्न पुगेको स्थानीयले बताएका छन् ।सो घर लामोसमयदेखि खुल्ला रहदै आएको उनीहरुको भनाई छ । बच्चालाई पानी ट्याङकीबाट झिकेर पोखराको मेट्रो सिटि अस्पताल लैजादै गर्दा बाटोमानै निधन भएको प्रहरीको भनाई छ । आफ्न्तमा रुवाबासी चलेको छ ।

Exit mobile version